INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

२५ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले रामेछाप जिल्ला सुनापती गाउँपालिका–५ रुपाकोट घरभई हाल भक्तपुर नगरपालिका–१० कमलविनायक बस्ने ३६ वर्षीय चमारसिंह तामाङलाई असार १५ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई असार ४ गते सूर्यविनायक नगरपालिका–८ आदर्शचोकस्थित सडकमा यौन दुर्व्यवहार रहेको आरोपमा प्रहरीमा असार ७ गते उजुरी आएपछि कमलविनायकबाट गिरफ्तार गरेको महानगरीय प्रहरी वृत्त जगातीकी एसपी तारादेवी थापाले जानकारी दिनुभयो ।

गिरफ्तार आरोपितको पहिचान गराई सनाखत गरेपछि प्रहरीले पीडितसँग असार १६ गते पुनः लिखित उजुरी लिएको छ  ।

यसैगरी यौन दुर्व्यवहारमा परेको भन्दै थप १२ जना महिलाले विभिन्न मितिमा आफूहरूलाई पनि बाटोमा हिँड्दै गर्दा अश्लिल गतिविधि गरेको र संवेदनशील अङ्गमा समाएर भाग्ने गरेको भन्दै आरोपित तामाङविरुद्ध असार १६ गते उजुरी दिएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो