INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार पीडितको उपचारमा इन्सेकको सहयोग

बलात्कार पीडित चार वर्षीया बालिकाको उपचारका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नेपालगञ्जले असार १५ गते १० हजार रुपियाँ सहयोग प्रदान गरेको छ ।

बलात्कार घटनाबाट पीडित बालिकाको स्वास्थ्यमा समस्या आएपछि जिल्ला प्रहरी कार्यालयको सिफारिसमा इन्सेकले सहयोग गरेको हो ।

पीडितलाई जेठ २४ गते आरोपितद्वय घोराही उप–महानगरपालिका–१३ का २७ वर्षीय गोविन्द विक र २१ वर्षीय कृष्ण खत्रीले सामूहिक बलात्कार गरेको भन्दै पीडितपक्षले जिल्ला प्रहरी कार्यालयमा जेठ २७ गते उजुरी दिएका थिए ।

आरोपितद्वयलाई प्रहरीले जेठ २७ गते गिरफ्तार गरेर कारबाही प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मुकुन्द रिजालले बताउनु भयो ।

पीडितको उपचार र स्वास्थ्य परीक्षण जेठ २७ गते  एकद्वार सङ्कट व्यवस्थापन केन्द्रमा गरिएको पीडितकी आमाले बताउनु भयो ।

सहयोग रकम इन्सेक जिल्ला प्रतिनिधि जयनारायण पुनले हस्तान्तरण गर्नु भएको थियो । सहयोग रकम बुझ्दै पीडितकी आमाले इन्सेकले गरेको सहयोगले न्यायिक प्रक्रियामा जान सहज हुने बताउनु भयो ।

अन्य

भिडियो