फिदिम उच्च माविका शिक्षक उमेश पर्सैलालाई फागुन ५ गते कुटपिट गरेको आरोपमा फागुन ६ गते फिदिम नपा-२ का ३० वर्षीय सुरेन्द्र राईसहित दुई जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ ।
पीडितले दिएको उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालयका सई विष्णु खड्काले बताए । आरोपित राईलाई फागुन ५ गते गिरफ्तार गरिएको र घटनामा संलग्न फरार अर्का आरोपितको विवरण गोप्य राखी खोजी कार्य थालिएको उनले जानकारी दिए ।
घरमा साँझ बसिरहेको बेला आरोपितद्धयले ‘ए मधिशे, किन होहल्ला गरेको ?’ भन्दै निर्घात कुटपिट गरेको पीडितले बताए । कुटपिटका कारण अनुहार र शरीरमा निलडाम लागेका पीडितको सोही दिन जिल्ला अस्पताल पाँचथरमा उपचार गरिएको छ ।
घटनामा संलग्नलाई अनुसन्धान गरी कडा कारबाही गर्न विद्यालय प्रशासनलेसमेत आग्रह गरेको छ ।