६३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले देवदह नगरपालिका–१० का ३१ वर्षीय ताराबहादुर रासकोटी मगरलाई असार १० गते आरोपितको घरबाट गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले असार ९ गते बलात्कार गरेको भन्दै पीडितले असार १० गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएको र उजुरीका आधारमा कारबाही अगाडि बढाइएको इप्रका बुटवलका डिएसपी प्रतितसिंह राठोरले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण असार १० गते लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा गरिएको छ ।