२१ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले प्रतापपुर गाउँपालिका– ८ का ३९ वर्षीय उमेश यादवलाई असार १० गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले असार ९ गते बलात्कार प्रयास गरेको भन्दै पीडितपक्षले सोही दिन इलाका प्रहरी कार्यालय, बेलाटारीमा उजुरी दिएको आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालिएको इन्स्पेक्टर स्वरुप शर्माले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण असार ९ गते पृथ्वीचन्द्र जिल्ला अस्पताल, परासीमा गरिएको छ ।