१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा वृन्द्रावन नपा–७ का १९ वर्षीय मेराज मन्सुर र १८ वर्षीय टैंट मन्सुरविरुद्ध पीडितले असार ९ गते इलाका प्रहरी कार्यालय गरुडामा उजुरी दर्ता गराएकी छिन् ।
पीडित बालिका जेठ १९ गते घाँस काट्न गएको बेला आरोपितद्वयले यौन दुर्व्यवहार गरेको पीडित पक्षको आरोप छ ।
पीडित बालिकाले ढिलो गरी ल्याएको उजुरी दर्ता गरी अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी द्वारिका घिमिरेले बताउनु भयो ।
आरोपितहरू घटना पश्चात फरार रहेको डिएसपी घिमिरेले जानकारी दिनु भयो । पीडित बालिकाको स्वास्थ्य परीक्षण असार ९ गते सरकारी अस्पताल शिवनगरमा गरिएको छ ।