INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा रामेछाप जिल्ला, खाँडादेवी गाउँपालिका–१, घर भई ललितपुर महानगरपालिका–२३, धापाखेल बस्ने १९ वर्षीय अनुस माझीलाई उनकै निवासबाटै प्रहरीले ०७८ असार ६ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई ०७८ जेठ २६ गते राती आरोपित माझीले डरत्रास देखाई पीडितको डेरामा बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ २७ गते महानगरीय प्रहरी वृत्त सातदोबाटोमा उजुरी दिएको थियो ।

आरोपितलाई असार ६ गते नै ललितपुर जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी हिरासतमा राखि अनुसन्धान थालिएको महानगरीय प्रहरी परिसर जावलाखेलका एसपी प्रज्वल महर्जनले जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण असार ६ गते पाटन अस्पतालमा भयो ।

अन्य

भिडियो