२० र २७ वर्षीया महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले लमही नगरपालिका–७ का २१ वर्षीय किरण बुढालाई असार ७ गते गिरफ्तार गरेको छ ।
पीडित महिलाहरूलाई कमानपुर जङ्गलमा मोटरसाइकलमा आएका तीन जनाले तरवार देखाउदै बलात्कार गरेको भन्दै पीडितपक्षले असार ७ गते वडा प्रहरी कार्यालय लमहीमा उजुरी दिएका छन् ।
घटनामा सङ्लग्न रहेको आरोपमा लमही नगरपालिका–७ का २० वर्षीय प्रेम परियार र सोही नगरपालिका–६ का २० वर्षीय अर्जुन चौधरीको खोजी भइरहेको वडा प्रहरी कार्यालय लमहीका इन्स्पेक्टर राजन पौडेलले बताउनु भयो ।
पीडितपक्षले अर्जुनखोलास्थित सशस्त्र प्रहरीको सीमा सुरक्षा बललाई खबर गरेपछि जङ्गलबाट महिलाहरूको उद्धार गरिएको प्रहरीले जनाएको छ ।
पीडितहरूको स्वास्थ्य परीक्षण असार ७ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको छ ।