INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बुटवल उपमनपा–११ देवीनगरका २४ वर्षीय भिष्म थापालाई असार ४ गते आरोपितको घरबाट  गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले विवाहको प्रलोभन देखाएर ०७७ पुस १३ गते बलात्कार गरेको भन्दै पीडितले असार ४ गते जिल्ला प्रहरी कार्यालयमा  उजुरी दिएको र उजुरीका आधारमा कारबाही अगाडि बढेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सत्यनारायण थापाले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण असार ३ गते भीम अस्पताल, भैरहवामा गरिएको छ ।

अन्य

भिडियो