INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले सप्तरी जिल्ला खडक नपा–८ का विजयशङ्कर चौधरीविरुद्ध इलाका प्रहरी कार्यालय लहानमा जेठ ३१ गते उजुरी दिएको छ ।

पीडित बालिकालाई आरोपितले ०७७ भदौ ६ गते र ०७८ वैशाख ६ गते विवाह गर्ने प्रलोभनमा बलात्कार गरेको र विवाह नगरेपछि कारवाहीका लागि उजुरी आएको इलाका प्रहरी कार्यालय लहानका डिएसपी डाक्टर तपनकुमार दाहालले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा असार १ गते गरिएको छ ।

आरोपित फरार रहेकाले खोजी कार्य जारी राखिएको डिएसपी दाहालले बताउनु भयो ।

अन्य

भिडियो