INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित विरूद्ध उजुरी

१७ वर्षीय बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडितपक्षले कोटहीमाई गाउँपालिका–५ मझगाँवाका २० वर्षीय विष्णु चमार विरूद्ध इलाका प्रहरी कार्यालय, मर्चवारीमा जेठ ३० गते उजुरी दिएका छन् ।

पीडितलाई आरोपितले घरमा सुतिरहेको अवस्थामा जेठ २१ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितपक्षले उजुरी दिएको इलाका प्रहरी कार्यालय, मर्चवारमा इन्स्पेक्टर अमृत भण्डारीले बताउनु भयो । भण्डारीले आरोपित फरार रहेको र खोजी भइरहेको बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण जेठ २४ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको छ ।

अन्य

भिडियो