५८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले लिसंखुपाखर गाउँपालिका–२ का ५८ वर्षीय कर्मघ्याम्चो लामालाई जेठ ३१ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले जेठ २७ गते बलात्कार गरेको भन्दै पीडितले जेठ ३१ गते इलाका प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश सापकोटाले बताउनु भयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण प्राथमिक स्वास्थ्य केन्द्र बाह्रविसेमा जेठ ३१ गते गरिएको छ ।