INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिका बलात्कार घटनाका आरोपित दुल्लू नगरपालिका-११ कालभैरवका २० वर्षीय सुरेन्द्र सार्कीलाई प्रहरीले असार १ गते घरबाटै गिरफ्तार गरेको छ ।

आरोपितले पीडित बालिकालाई जेठ २७ गते राति बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ २८ गते जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीका आधारमा आरोपित सार्कीलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका इन्स्पेक्टर इन्द्रजीत सुनारले बताउनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ २८ गते दैलेख जिल्ला अस्पतालमा भएको डाक्टर सविना दाहालले जानकारी दिनुभयो ।

अन्य

भिडियो