INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले लहान नपा–१० का ३५ वर्षीय रमेश पासवानलाई जेठ २७ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले जेठ १८ गते बलात्कार गरेको र गाउँमै घटना मिलाउने प्रयास गर्दा उजुरी ढिला आएको हुनसक्ने भन्दै इलाका प्रहरी कार्यालय लहानका डिएसपी डाक्टर तपनकुमार दाहालले अनुसन्धान भइरहेको जानकारी दिनु भयो ।

जेठ २७ गते इलाका प्रहरी कार्यालय लहानमा उजुरी दिएको पनि पीडितले बताइन् । पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा जेठ २७ गते गरिएको छ ।

अन्य

भिडियो