INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा कुमाख गाउँपालिका-५ कालागाउँ निवासी २३ वर्षीय नविन बुढाथोकीलाई प्रहरीले जेठ २३ गते घरबाटै गिरफ्तार गरेको छ ।

आरोपितले युवतीलाई जेठ २३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ २४ गते जिल्ला प्रहरी कार्यालय सल्यानमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय सल्यानका इन्स्पेक्टर अर्जुन पौडेलले जानकारी दिनुभयोे ।

पीडित युवतीको स्वास्थ्य परीक्षण जेठ २३ गते राति स्वास्थ्य सेवा कार्यालय सल्यानमा गरिएको कार्यालयका डाक्टर भिमकान्त जैसीले जानकारी दिनुभयो ।

अन्य

भिडियो