INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी

२४ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा पीडितले लहान नपा–६ का २९ वर्षीय विजयकुमार साहविरुद्ध इलाका प्रहरी कार्यालय लहानमा जेठ २२ गते उजुरी दिएकी छिन् ।

पीडित युवतीलाई आरोपितले जेठ २० गते बलात्कार गरेको भन्दै पीडितले उजुरी दिएकी हुन् । पीडित युवतीको स्वास्थ्य परीक्षण लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा जेठ २२ गते गरिएको छ ।

इलाका प्रहरी कार्यालय लहानका डिएसपी डाक्टर तपनकुमार दाहालका अनुसार आरोपित फरार रहेकाले खोजी कार्य भइरहेको छ ।

अन्य

भिडियो