१९ वर्षीया युवतीलाई अपहरण तथा शरीर बन्धक बनाएर बलात्कार गरेको आरोपमा प्रहरीले बिष्णु गाउँपालिका–७ दुलवाका २१ वर्षीय शिवा भनिने शिवकुमार यादवलाई जेठ २० गते गिरफ्तार गरेको छ ।
पीडित युवतीलाई विवाह गर्ने प्रलोभन देखाई बलात्कार गरेको र २३ दिनपछि कथित तल्लो जातको केटीलाई विवाह गर्न सक्दिन भन्दै आरोपित भागेको भन्दै पीडितले जेठ १८ गते जिल्ला प्रहरी कार्यालय मलङ्गवामा उजुरी दिएकी थिइन् ।
आरोपित यादवलाई थुनामै राखेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मलङ्गवाका डिएसपी कुन्दन कुँवरले जानकारी दिनु भयो ।
पीडित युवतीको स्वास्थ्य परीक्षण जेठ १७ गते जिल्ला अस्पताल मलङ्गवामा गरिएको छ ।