मेलम्ची नगरपालिका–११ धुसिनेचौरकी ४० वर्षीया राममाया तामाङलाई हत्या गरेको आरोपमा प्रहरीले ४२ वर्षीय पति दुर्गाबहादुर तामाङलाई जेठ २० गते घटनास्थलबाटै गिरफ्तार गरेको छ ।
आरोपितद्वारा घर निकालामा परेकी राममायालाई गोठमा बसेका बेला गोठमा बसेको अवस्थामा डण्डी प्रहार गरी हत्या गरेको सूचनाका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय मेलम्चीका इन्स्पेक्टर टिकाराम राईले बताउनु भयो ।
इन्स्पेक्टर राईका अनुसार पीडितलाई दुई दिनअघि आरोपितले कुटपिट गरी घर निकाला गरेको पीडित पक्षको आरोप छ ।
शवको पोष्टमार्टम मेलम्चीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा जेठ २० गते गरिएको छ ।