१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा सबैला नगरपालिका–१२ रघुनाथपुरका १८ वर्षीय राजु पासवान, १९ वर्षीय जितेन्द्र पासवान र २० वर्षीय अजित पासवानविरूद्ध इलाका प्रहरी कार्यालय सबैलामा जेठ १३ गते पीडित बालिकाले उजुरी दिएकी छन् ।
पीडित बालिकालाई आरोपितहरूले जेठ १२ गते यौन दुर्व्यवहार गरेको पीडित पक्षको आरोप छ ।
घटना लगतै आरोपित फरार रहेकाले उनीहरूको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय सबैलाका इन्स्पेक्टर राजेश सिग्देलले इन्सेक धनुषा प्रतिनिधिलाई बताउनुभयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल जनकपुरमा जेठ १४ गते गरिएको छ ।