११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बागचौर नगरपालिका–९ निवासी १९ वर्षीय मिलन खड्कालाई ०७८ जेठ ११ गते प्रहरीले घरबाटै गिरफ्तार गरेको छ ।
आरोपितले बालिकालाई ०७७ साउन २१ गते बलात्कार गरेर कसैलाई भनेमा मार्ने धम्की दिएको भन्दै पीडित पक्षले जेठ ११ गते इलाका प्रहरी कार्यालय थारमारेमा दिएको उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका इन्स्पेक्टर अर्जुन पौडेलले जानकारी दिनुभयो ।
बालिकाकी आमाले घटनाबारे आफूले जेठ १० गते थाहा पाए लगत्तै कानुनी प्रकृया शुरू गरेको इन्सेक प्रतिनिधिसँग बताउनुभयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण ०७८ जेठ ११ गते स्वास्थ्य सेवा कार्यालय सल्यानमा गरिएको कार्यालय प्रमुख दशरथ श्रेष्ठले जानकारी दिनुभयो ।