INSEC Online

📅 २०८३ जेष्ठ २१

राष्ट्रपतिद्वारा नागरिकता (पहिलो संशोधन) अध्यादेश जारी

राष्ट्रपति विद्यादेवी भण्डारीले जन्मसिद्ध नागरिकका सन्तानलाई आमाबाबु दुवै नेपाली नागरिक भए वंशजका आधारमा नागरिकता दिने गरी सरकारले ल्याएको नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश जारी गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा संविधानको धारा ११४ को उपधारा १ अनुसार उक्त अध्यादेश जारी गर्नु भएको छ ।

अध्यादेश अनुसार जन्मसिद्ध नागरिकका सन्तानलाई आमाबाबु दुवै नेपाली नागरिक भए वंशजका आधारमा नागरिकता दिन मिल्ने भएको छ ।

यसअघि जेठ ६ गते बसेको मन्त्रिपरिषद बैठकले यस्तो व्यवस्थासहितको अध्यादेश ल्याउने निर्णय गरेको थियो ।

बाबुको पहिचान नभएका सन्तानलाई आमाका नामबाट वंशजका आधारमा नागरिकता दिइने प्रावधान पनि अध्यादेशमा समेटिएको छ ।

नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश -२०७८ पढ्नका लागि यहाँ क्लिक गर्नु होला 

अन्य

भिडियो