नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य कपिलवस्तु नपा–१ का ३४ वर्षीय दिपक पाण्डेय र भारतीय नागरिक २६ वर्षीय इयाज अख्तर मुसलमान जेठ ५ गते अज्ञात पक्षको गोली प्रहारबाट घाइते भएका छन् ।
दिपक, भारतीय नागरिकहरू इयाज र ३६ वर्षीय मोहम्मद ईसाद खान जेठ ५ गते राती जर्लैया नाकाबाट मोटरसाईकलमा तौलिहवा फर्कने क्रममा कपिलवस्तु नपा–९सडवामा तीन जनाको समूहमा आएका अज्ञात पक्षले गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।
दिपकको पेटमा, बाँया कोखामा र इयाज अख्तर मुसलमानको बाँया कुममा गोली लागेको छ घाइते दुबै जनाको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी धर्मराज भण्डारीले बताउनु भयो । उहाँका अनुसार मोहम्मद ईसाद खान सकुसल रहेका छन् ।
गोली कसले र किन प्रहार गरेको हो भन्ने विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका एसपी नवराज अधिकारीले बताउनु भयो ।