राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गर्नु भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले उपधारा ४ बमोजिम संसदबाट विश्वासको मत नलिई नयाँ सरकार गठनका लागि मन्त्रीपरिषद्ले गरेको सिफारिस अनुसार राष्ट्रपति भण्डारीले धारा ७६ को उपधारा ५ बमोजिमको प्रक्रियाका लागि आह्वान गर्नु भएको हो ।

राष्ट्रपति कार्यालयले जेठ ६ गते विज्ञप्ति जारी गर्दै जेठ ७ गते साँझ ५ बजेसम्म विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गर्न समय दिएको जनाएको छ।
धारा ७६ को उपधारा ३ बमोजिम प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा प्रधानमन्त्री नियुक्त केपी शर्मा ओलीले विश्वासको मत प्राप्त नहुने देखिएको भनी सिफारिस गरेपछि राष्ट्रपतिले अर्को धारा अनुसार प्रधानमन्त्री नियुक्त गर्न आह्वान गर्नु भएको हो ।
