१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार आरोपमा प्रहरीले गढवा गाउँपालिका–१ का ४० वर्षीय भीमबहादुर कुमाललाई जेठ २ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले वैशाख ३० गते यौन दुव्र्यवहार गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय, गढवामा वैशाख ३१ गते उजुरी दिएको इन्स्पेक्टर राजकुमार भट्टले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण वैशाख ३१ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको छ ।