INSEC Online

📅 २०८३ जेष्ठ २३

प्रधानमन्त्री ओलीद्वारा सपथग्रहण

प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनियताको सपथ लिनु भएको छ । वैशाख ३१ गते राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजना गरिएको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीलाई सपथ गराउनु भएको हो ।

वैशाख ३० राष्ट्रपति भण्डारीले ओलीलाई संविधानको धारा ७६ (३) अनुसार प्रधानमन्त्री नियुक्त गर्नुभएको हो । संविधानको प्रावधान अनुसार प्रधानमन्त्रीले अबको ३० दिनभित्र प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्नेछ ।

सोही अबसरमा राष्ट्रपति भण्डारीले नवनियुक्त उपप्रधानमन्त्री ईश्वर पोख्रेल तथा मन्त्रीहरूलाई पनि सपथ ग्रहण गराउनु भएको थियो । नवनियुक्त मन्त्रीहरूलाई यस अघिकै जिम्मेवारी तोकिएको छ ।

मन्त्रिपरिषद् गठन गरी कार्य विभाजन तथा शपथ ग्रहण

अन्य

भिडियो