INSEC Online

📅 २०८३ जेष्ठ २३

बहुमतको सरकार गठन गर्न राष्ट्रपतिको आहृवान

राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठन गर्न दलहरुलाई आहृवान गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएपछि राष्ट्रपतिले संविधानको धारा ७६ (२) अनुसार संसदमा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने संसद सदस्यलाई तीन दिनभित्र दावी पेश गर्न आहृवान गर्नुभएको हो ।

वैशाख २७ गते संसदले प्रधानमन्त्री केपी शर्मा ओलीले माग्नु भएको विश्वासको मत नदिएपछि राष्ट्रपतिले नयाँ सरकार गठनका लागि सो आह्वान गर्नु भएको हो ।

pressrelease_presidentoffice_2078_01_27

अन्य

भिडियो