INSEC Online

📅 २०८३ जेष्ठ २२

गिरफ्तारद्वय पत्रकारलाई थुना मुक्त गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले उज्यालो नेटवर्क अनलाइनका कार्यकारी सम्पादक अनिश तामाङ र महाप्रबन्धक प्रभात लामालाई थुनामुक्त गर्न आदेश दिएको छ ।

प्रभात लामा भन्ने दुर्गालाल लामालाई थुनामुक्त गर्न माग गर्दै नेपाल पत्रकार महासङ्घ ललितपुरले हालेको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चले सो आदेश दिएको हो ।

वैशाख २४ गते न्यायाधीश ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले दुवै जनालाई तारेखमा राखेर पनि अनुसन्धान सकिने हुँदा थुनामै राखिरहनु नपर्ने आदेश गरेको हो । सर्वोच्चले प्रहरीले गरेको गिरफ्तार अनुचित र गैरकानुनी ठहर गरेको छ ।

पुनरावेदन अदालत पाटनको आदेश उल्लङ्घन गर्दै प्रहरीले उज्यालो नेटवर्क अनलाइनका कार्यकारी सम्पादक तामाङ र महाप्रबन्धक लामालाई गिरफ्तार गरेको थियो ।

उज्यालो नेटवर्क अनलाइनले केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुख सामन्तकुमार गोयलबीच सम्झौता भएको भन्दै समाचार छापेको थियो ।

तर, पछि त्यो समाचार पुष्टि नभएको भन्दै अनलाइनले क्षमासमेत मागेको थियो । पाटन उच्च अदालतले समाचार लेखेकै आधारमा पत्रकारलाई गिरफ्तार नगर्न प्रहरीका नाममा वैशाख ९ गते नै आदेश दिएको थियो ।

अन्य

भिडियो