INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

५२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले खाँदबारी नगरपालिका–८ का ४१ वर्षीय जीवन बजगाईलाई वैशाख २२ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले ०७८ वैशाख २० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध वैशाख २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि खाँदबारीबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर  कविन  राईले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा वैशाख २२ गते गरिएको छ ।

अन्य

भिडियो