INSEC Online

📅 २०८३ जेष्ठ २१

गङ्गामायाद्वारा १ सय ३७ दिन लामो अनशन स्थगित

छोराका हत्याराको पहिचान गरी कानुनी कारबाहीको माग गर्दै अनशनरत गोरखा फुजेलकी गङ्गामाया अधिकारीले वैशाख २२ गते अनसन स्थगित भएको जनाउनु भएको छ ।

नेपालमा कोभिडको सङ्क्रमण बढ्दै आएको भन्दै अधिकारीले १ सय ३७ दिन लामो अनशन वैशाख २२ गते स्थगित गरेको उल्लेख गर्नु भएको हो ।
राज्य संयन्त्र कोभिड माहामारीविरूद्ध लागिरहेको हुनाले आपूmले अनशन निलम्बन गर्नु परेको अधिकारीद्वारा वैशाख २२ गते जारी विज्ञप्तिमा उल्लेख छ ।

‘कोभिड–१९ बाट नेपाली दाजुभाइ दिदीबहिनी बचाउन सम्पुर्ण राज्य संयन्त्र लागिपरेको अवस्थामा मैले आमरण अनशनको माध्यामबाट म समेत समग्र द्वन्द्वपीडितहरूको न्यायका लागि लडिरहँदा न्याय नपाउने अवस्थामा रहेकोले मैले आफ्नो अनशन आजको मितिमा निलम्बन गर्ने निर्णय सबैलाई अनुरोध गर्दछु ।’–विज्ञप्तिमा उल्लेख छ ।

काठमाडौँको वीर अस्पतालमा अनशन बस्दै आउनु भएकी अधिकारीले आफ्नो न्याय प्राप्तिको लडाई जारी नै रहेको बताउनुभएको छ ।

द्वन्द्वकालमा आफ्नो छोरा कृष्णप्रसाद अधिकारीको तत्कालिन विद्रोही पक्ष नेकपा माओवादीद्वारा हत्या गरिएको भन्दै पटकपटक अनशन बस्दै आउनु भएकी गङ्गामाया पछिल्लो पटक ०७७ पुस ६ गतेबाट अनशनरत हुनुहुन्थ्यो ।

pressreleasegangamaya20210505kathmandu

अन्य

भिडियो