३७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले ७१ वर्षीय व्यक्तिलाई वैशाख २२ गते दैलेख सदरमुकामबाट गिरफ्तार गरेको छ ।
आरोपितले महिलालाई ०७७ पुस १८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले वैशाख २१ गते जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीका आधार आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर इन्द्रजीत सुनारले जानकारी दिनुभयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण दैलेख अस्पतालमा वैशाख २१ गते गरिएको डाक्टर सविना दाहालले बताउनुभयो ।