INSEC Online

📅 २०८३ जेष्ठ २१

बाल विवाह गरेको कसुरमा कैद तथा जरिबानाको फैसला

बाल विवाह गरेको कसुरमा १७ वर्षीय बालक र १५ वर्षीया बालिकालाई वैशाख २० गते दैलेख जिल्ला अदालतले कैद र जरिबानाको फैसला गरेको छ ।

न्यायाधीश दण्डपाणी लामिछानेको इजलासबाट बालकलाई आठ महिना कैद, ६ हजार ६ सय ६६ रुपियाँ जरिबाना र बालिकालाई ६ महिना कैद साथै ५ हजार रुपियाँ जरिबाना तोकिएको जिल्ला अदालतका सूचना अधिकारी टिकाराम न्यौपानेले जानकारी दिनुभयो ।

न्यौपानेका अनुसार आरोपित दुवै १८ वर्ष मुनिका बालबालिका भएकोले कैद भुक्तान गर्न बाल सुधार गृहमा पठाउनु पर्ने भए पनि बानी व्यवहार सुधार गर्न अविभावकको जिम्मेवारी रहने भन्दै सजाय स्थगन गर्ने फैसलामै उल्लेख भएकोले अविभावकको जिम्मामा छाडिएको छ ।

आरोपितहरूले ०७७ भदौ १९ गते भागेर बालविवाह गरेको भन्दै असोज ६ गते जिल्ला प्रहरी कार्यालयमा परेको उजुरीको आधारमा प्रहरीले आरोपित दुवै जनालाई असोज १९ गते गिरफ्तार गरेको थियो ।

अन्य

भिडियो