INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दुल्लू नगरपालिका-९ रोकायवाडाका २८ वर्षीय तेजबहादुर रोकायलाई प्रहरीले वैशाख २० गते घरबाटै गिरफ्तार गरेको छ ।

आरोपितले बालिकालाई वैशाख १८ गते दिउँसो बलात्कार गरेको भन्दै पीडित पक्षले वैशाख १९ गते जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर इन्द्रजीत सुनारले बताउनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख १९ गते दैलेख अस्पतालमा गरिएको अस्पतालका डाक्टर सविना दाहालले जानकारी दिनुभयो ।

अन्य

भिडियो