११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १६ वर्षीय बालकलाई वैशाख १८ गते घरबाट गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले वैशाख १७ गते बलात्कार गरेको भन्दै पीडितपक्षले वैशाख १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी नरेशराज सुवदीले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण नगरिएको डिएसपी सुवेदीले बताउनु भयो ।