INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाइ सामुहिक बलात्कार गरेको आरोपमा बनगाड कुपिण्डे नगरपालिकाका दुईजनालाइ प्रहरीले वैशाख १६ गते गिरफ्तार गरेको छ ।

आरोपितले माघ १० गते बालिकालाइ बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सल्यानमा पीडित पक्षले वैशाख १६ गते दिएको उजुरीका आधारमा आरोपित १६ वर्षीय र १७ वर्षीय युवकलाइ गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका इन्स्पेक्टर अर्जुन पौडेलले बताउनु भयो ।

बालिकाको स्वास्थ्य परीक्षण स्वास्थ्य सेवा कार्यालय सल्यानमा वैशाख १६ गते  गरिएको कार्यालय प्रमुख दशरथ श्रेष्ठले जानकारी दिनुभयो ।

अन्य

भिडियो