११ वर्षीया बालिकालाई बाल विवाह गरेको आरोपमा बनगाड कुपिण्डे नगरपालिका निवासी १४ वर्षीय बालकलाई प्रहरीले वैशाख १४ गते गिरफ्तार गरेको छ ।
बालबालिकाले वैशाख १३ गते विवाह गरेको खबर आएपछि आरोपितलाइ गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका इन्स्पेक्टर अर्जुन पौडेलले जानकारी दिनुभयो ।
विवाहमा संलग्न बालकका ५८ वर्षीय बुबालाई वैशाख १४ गते गिरफ्तार गरिएको र भाउजुलाई अनुसन्धानका लागि १६ गते जिल्ला प्रहरी कार्यालयमा बोलाइएको इन्स्पेक्टर पौडेलले बताउनु भयो ।
पौडेलका अनुसार जिल्ला प्रहरी कार्यालयमा वैशाख १५ गते पीडित पक्षले दिएको उजुरीमा बालिकालाई बाल विवाहपछि बलात्कार गरेको समेत उल्लेख छ ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख १४ गते स्वास्थ्य सेवा कार्यालय सल्यानमा गरिएको कार्यालय प्रमुख दशरथ श्रेष्ठले जानकारी दिनुभयो ।