तुलसीपुर उपमनपा–७ की २४ वर्षीया विपना रेग्मी पोख्रेलको हत्या गरेको आरोपमा प्रहरीले पति २५ वर्षीय पदम पोख्रेललाई वैशाख १५ गते ग्वारखोलाबाट गिरफ्तार गरेको छ ।
घरयासी विवादमा पत्नीलाई आरोपितले वैशाख १४ गते राती ढुङ्गाले प्रहार गरेर हत्या गरेको भन्दै पीडितपक्षले मौखिक जानकारीका आधारमा गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय, तुलसीपुरका डिएसपी शिवबहादुर सिंहले बताउनु भयो । पीडितपक्षले वैशाख १५ गते इलाका प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।
ढुङ्गा प्रहारबाट टाउकोमा चोट लागेकी विपनालाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल, तुलसीपुर लैजाने क्रममा वैशाख १४ गते मृत्यु भएको थियो ।
शवको पोष्टमार्टम वैशाख १५ गते राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा गरिएको छ ।