INSEC Online

📅 २०८३ जेष्ठ २१

बाल विवाह गर्ने जोडीलाई कैद र जरिवाना सजाय फैसला

बाल विवाह गरेको कसुरमा १७ वर्षीया बालिका र १६ वर्षीय बालकलाई दैलेख जिल्ला अदालतले वैशाख ९ गते कैद र जनही २५ हजार रूपियाँ जरिवाना तोकेका छ ।

न्यायाधीश दण्डपाणी लामिछानेको इजलासबाट बालिका बढी उमेरकी भएकोले चार महिना र बालक एक वर्षले कम उमेर भएको कारण तीन महिना कैद तोकिएको श्रेस्तेदार इन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

आरोपित दुबै १८ वर्ष मुनिका बालबालिका भएकोले कैद भुक्तान गर्न बालसुधार गृहमा पठाउने पर्ने भए पनि बानी व्यवहार सुधार गर्न अभिभावकको जिम्मेवारी रहने भन्दै फैसलामे सजाय स्थगन गर्ने उल्लेख भएको श्रेस्तेदार कार्कीले बताउनुभयो ।

आरोपितहरूले ०७७ भदौ २९ गते भागेर बालविवाह गरेको भन्दै असोज १६ गते जिल्ला प्रहरी कार्यालयमा परेको उजुरीको आधारमा प्रहरीले आरोपित दुबै जनालाई असोज १९ गते गिरफ्तार गरेको थियो ।

अन्य

भिडियो