INSEC Online

📅 २०८३ जेष्ठ २२

सापकोटाविरुद्धको मुद्दा हेर्न नभ्याइने भन्दै सारियो

सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको द्वन्द्वकालीन मुद्दा सर्वोच्च अदालतमा हेर्न नभ्याइनेमा परेको छ । तर, पछिल्लो पेसी तोकिएको छैन ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा पेसीमा चढेको भएपनि अन्य मुद्दाको चापका कारण हेर्न नभ्याइएको जनाइएको छ ।

संवैधानिक इजलासमा राणाबाहेक न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहनु भएको छ ।

यसअघि पनि सो मुद्दा पटक-पटक सुनुवाइका लागि पेसी तोकिएर पनि हेर्न नभ्याइनेमा पर्दै आएको थियो ।

माओवादी सशस्त्र द्वन्द्वका बेला अपहरणपछि मारिएका काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटाके संलग्नता रहेको भन्दै लामाकी पत्नी पूर्णिमाया लामाले २०६४ सालमा मुद्दा दायर गर्नु भएको थियो ।

मानव अधिकारर्की सुशील प्याकुरेललगायतले २०६८ सालमा सापकोटालाई प्रतिवादी बनाएर मुद्दा दायर गर्नु भएको थियो ।

यसअघि २०७६ फागुन ३० मा पनि यो मुद्दा पेसीमा चढाइएकोमा हेर्न नभ्याइने भन्दै सुनुवाइ सारिएको थियो ।

अन्य

भिडियो