चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले १२ वर्षीय बालकविरूद्ध वैशाख ४ गते जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरी वैशाख ६ गते प्रहरीले दर्ता गरेको छ ।
आरोपित बालकलाई वैशाख ४ गते गिरफ्तार गरेर अभभिावककै संरक्षणमा रहने गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
पीडितलाई आरोपितले वैशाख ४ गते बलात्कार गरेको भन्दै उजुरी आएको जिल्ला प्रहरी कार्यालयका डिएसपी धर्मराज भण्डारीले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख ४ गते कपिलवस्तु अस्पताल, तौलिहवामा गरिएको छ ।