INSEC Online

📅 २०८३ जेष्ठ २२

हत्या घटनाका आरोपित गिरफ्तार

काठमाडौं महानगरपालिका–१० बुलबुलेमार्ग बस्दै आएकी ४८ वर्षीया रोशनी राजभण्डारीको ०७८ वैशाख ४ गते साँझ हत्या गरेको आरोपमा देवर ४८ वर्षीय मोहन राजभण्डारीलाई प्रहरीले सोही दिन गिरफ्तार गरेको छ ।

पारिवारिक रिसिइविका कारण घर नजिकै भाउजुलाई लखेट्दै रडले हिर्काएको प्रारम्भिक अनुसन्धानबाट देखिएको महानगरीय प्रहरी परिसरका एसएसपी अशोक सिंहले जानकारी दिनुभयो ।

भाउजूको हत्या गरेको भन्दै आरोपित आफै महानगरीय प्रहरी परिसर टेकुमा उपस्थित भएपछि मोहनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

फलामको रड प्रहार भएपछि गम्भीर घाइते भएकी रोशनीलाई उपचारका लागि आफन्तले तत्कालै ट्रमा सेन्टर लगेका थिए । चिकित्सकहरूले उनको सोही दिन राति ८ बजे मृत्यु भएको पुष्टि गरेका हुन् ।

शवको पोष्टमार्टम वैशाख ५ गते त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरी सदगतको लागि आफन्तको जिम्मा लगाइएको छ ।

हत्या घटनाका आरोपित मोहनलाई हिरासतमा राखि थप अनुसन्धान अगाडि बढाइएको जनाएको एसएसपी सिंहले बताउनु भयो ।

अन्य

भिडियो