४६ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले दार्चुलाको लेकाम गाउँपालिका–२ का २५ वर्षीय लोकेन्द्र साउदलाई ०७७ चैत ३१ गते गिरफ्तार गरेको छ ।
पीडित महिला घर नजिकैको जङ्गलमा स्याउला लिन गएको समयमा आरोपितले ०७७ चैत २९ गते बलात्कार प्रयास गरेको भन्दै ०७७ चैत ३० गते पीडितले नै जिल्ला प्रहरी कार्यालय हुम्लामा उजुरी दिएको डिएसपी हेरम्व शर्माले जानकारी दिनु भयो ।
पीडित चिच्याएपछि आरोपितले पीडित महिलाको गालामा टोकेको र ढुङगाले टाउकोमा प्रहार गरी घाइतेसमेत बनाएको पीडितले आरोप लगाइन् ।
आरोपितविरुद्ध जबरजस्ती करणी उद्योगमा ०७८ वैशाख २ गते मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।
पीडित महिलाको स्वास्थ्य परीक्षण ०७७ चैत ३० गते सर्केगाडको साया स्वास्थ्यचौकीमा गरिएको स्वास्थ्यचौकीका इञ्चार्ज किरण बुढाथोकीले जानकारी दिनु भयो ।
घाइते पीडितको टाउकोमा तीन ओटा टाँका सर्केगाडको साया स्वास्थ्य चौकीमा लगाएपछि थप उपचार चैत ३१ गतेबाट जिल्ला अस्पतालका गरिएको डाक्टर अमित विष्टले बताउनु भयो ।