१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले शुक्लागण्डकी नगरपालिका–७ धारापानीका ३९ वर्षीय रेशमबहादुर कार्कीलाई ६ महिना कैदको फैसला सुनाएको छ ।
जिल्ला अदालत तनहुँका न्यायाधीश वासुदेव पौडेलको चैत ३१ गतेको इजलासले कसुर ठहर गर्दै आरोपितलाई ६ महिना कैद सजाय र पाँच हजार रुपियाँ क्षतिपुर्तिको फैसला गरेको जिल्ला अदालत तनहुँका श्रेस्तेदार मिनबहादुर कुँवरले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो ।
पीडितलाई आरोपितले ०७७ असोज २१ गते दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले सोही दिन जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी दिएका थिए ।
पीडित पक्षको उजुरीपछि आरोपितलाई सोही दिन गिरफ्तार गरी आरोपितविरुद्ध ०७७ असोज २२ गते जबरजस्तीकरणी उद्योग अन्तरगत मुद्धा दर्ता गरेको थियो ।