INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बबई गाउँपालिका–४ का ३४ वर्षीय केशवबहादुर बिकलाई मौखिक उजुरीका आधारमा चैत २७ गते गिरफ्तार गरेको छ ।

पीडित जङ्गलको बाटो हिँडिरहेका बेला आरोपितले चैत २७ गते बलात्कार गरेको भन्दै पीडितपक्षले चैत २९ गते इलाका प्रहरी कार्यालय, तुलसीपुरमा उजुरी दिएको इलाका प्रहरी कार्यालय, तुलसीपुरका डिएसपी शिवबहादुर सिंहले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण चैत २९ गते राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा गरिएको छ ।

अन्य

भिडियो