१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले प्रतापपुर गाउँपालिका–७ डिबरीका २१ वर्षीय सन्दिप यादवलाई चैत २७ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले चैत २६ गते बलात्कार गरेको भन्दै पीडितपक्षले चैत २६ गते इलाका प्रहरी कार्यालय, बेलाटारीमा उजुरी दिएका थिए । उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालिएको इन्स्पेक्टर खुमानन्द पाण्डेले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण चैत २६ गते पृथ्वीचन्द्र जिल्ला अस्पतालमा गरिएको छ ।