मानव अधिकार शिक्षा घर घरमा पुर्याउन राष्ट्रिय मानव अधिकार आयोग प्रतिबद्ध रहेको आयोगका क्षेत्रीय निर्देशक मुरारी खरेलले बताएका छन् ।
माघ २३ गते नेपालगञ्जमा राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालयको आयोजनामा घरघरमा मानव अधिकार शान्ति र विकासको आधार विषयक सचेतनामूलक कार्यक्रममा खरेलले उक्त कुरा बताएका हुन् ।

आयोगले तर्जुमा गरेको सन् २०१५ देखि सन् २०२० सम्मको ६ वर्षीय रणनीतिक योजनामा मानव अधिकार शिक्षालाई घरघरमा पुर्याइ मानव अधिकार संस्कृतिको विकास गर्ने दुरदृष्टि अनुरुप उक्त सचेतनामूलक कार्यक्रम आयोजना गरिएको बताइएको छ ।
कार्यक्रममा जिल्लास्थित बालबालिका, महिला, मधेसी, दलित, मुश्लिम, थारु, तेस्रो लिङ्गी, राजनीतिक दलका प्रतिनिधि द्वन्द्वपीडित, एकल महिला गैरसरकारी संस्थाका प्रतिनिधि, स्थानीय नागरिक समाज, मानव अधिकारकर्मी, सञ्चारकर्मी, कानुन व्यवसायीलगायतको सहभागिता रहेको आयोगका मानव अधिकार अधिकृत टङ्क खनालले जानकारी दिए ।