क्षिरेश्वरनाथ नपा–६ क्षिरेश्वर चोकमा ड्युटीमा खटिएका इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा कार्यरत ३५ वर्षीय असई शालीग्राम सुवेदी, प्रहरी हवलदार ३२ वर्षीय राकेश रम्तेल र प्रहरी जवान २९ वर्षीय आनन्दबावु साहलाई वियरको बोतल प्रहार गरि घाइते बनाएको आरोपमा लक्ष्मिनियाँ गाउँपालिका–६ निकाल बस्ने ३० वर्षीय सन्तोष शर्मालाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरले चैत १६ र लक्ष्मीनिया गाउँपालिका–३ सिनुरजोडा बस्ने ३० वर्षीय रोहित यादवलाई चैत १८ गते गिरफ्तार गरेको छ ।
सखुवा चोकमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट ट्राफिक सहित खटिएको प्रहरीले ज.१२ प ५०१४ नम्बरको मोटरसाइकल चालकले हेलमेट नलगाइ चलाई रहेकोेले रोक्न खोज्दा मोटरसाइकल नरोकी ट्राफिक प्रहरी जवानलाई सामान्य ठक्कर दिई जनकपुरतर्फ भागेको प्रहरीले जनायो ।
ठक्कर दिएर भागेका सन्तोषलाई सोही नगरपालिकाको हरैया चोकबाट चैत १६ गते गिरफ्तार गरी इलाका प्रहरी कार्यालय ल्याउँदै गर्दा मोटरसाइकलमा सवार सन्तोष शर्मा र रोहित यादवले प्रहरीमाथि खाली बियरको बोतलले प्रहार गर्दा प्रहरीहरू घाइते भएका हुन् ।
घाइते प्रहरीहरूको महेन्द्रनगर हेल्थ केयरमा चैत १७ गते उपचार गरिएको छ । घाइतेहरूको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिनु भयो ।