३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुनवल नपा–११ मिश्रौलीका २१ विक्रम श्रेष्ठलाई चैत १६ गते गिरफ्तार गरेको छ ।
पीडितलालई आरोपितले चैत १५ गते बलात्कार गरेको भन्दै पीडितपक्षले चैत १६ गते जिल्ला प्रहरी कार्यालय, परासीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजु लामाले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण चैत १६ गते पृथ्वीचन्द्र जिल्ला अस्पतालमा गरिएको छ ।