१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा बाग्लुङ जिल्ला बरेङ गाउँपालिका– ३ का ३१ वर्षीय चेतमान सुनार विरूद्ध पीडितपक्षले चैत १६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।
पीडितलाई आरोपितले चैत १४ गते घरमा खाना बनाइ रहेको अवस्थामा यौन दुर्व्यवहार गरेको भन्दै उजुरी परेको डिएसपी पुरुषोत्तमप्रसाद पाण्डेयले बताउनु भयोे ।
मौखिक उजुरीका आधारमा आरोपितलाई चैत १४ गते गिरफ्तार जिल्ला अदालतबाट सात दिन म्याद थप गरिएको प्रहरीले जनायो ।
पीडितको स्वास्थ्य परीक्षण चैत १५ गते गुल्मी अस्पताल, तम्घासमा गरिएको छ ।