१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले सुध्द्धोधन गाउँपालिका–१ भगलापुरका २३ बर्षिय लालबहादुर केवटलाई चैत ४ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले विवाहको प्रलोभन देखाएर फागुन ११ गते बलात्कार गरेको भन्दै पीडितपक्षले चैत ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
उजुरीका आधारमा कारबाही अगाडि बढेको डिएसपी सत्यनारायण थापाले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण चैत ४ गते भीम अस्पताल, भैरहवामा गरिएको छ ।