INSEC Online

📅 २०८३ जेष्ठ २१

बेपत्ता आयोगले वितरण गरेको परिचयपत्रप्रति इलामका द्वन्द्व पीडितको असन्तुष्टि

शसस्त्र द्वन्द्वका समयमा बेपत्ता भएका व्यक्तिका परिवारलाई बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले वितरण थालेको परिचयपत्रप्रति इलामका पीडित परिवारले असन्तुष्टि जनाएका छन् ।

बेपत्ता पारिएका व्यक्तिहरुको छानविन आयोगले चैत ५ र ६ गते इलामका बेपत्ता भएका व्यक्तिका परिवारका सदस्यलाई परिचयपत्र वितरण गरेपछि पीडित परिवारले असन्तुष्टि व्यक्त गरेका हुन् ।

आयोगले वितरण गरेको परिचयपत्र कामविहीन भएकाले आफूलाई त्यस किसिमको परिचयपत्रले सन्तुष्टि नमिलेको द्वन्द्व पीडित साझा चौतारीका केन्द्रीय सदस्य संयोजक दामोदर चापागाईंले गुनासो गर्नुभयो ।

आयोगका आयुक्त विश्वप्रकाश भण्डारी नेतृत्वको टोलीले इलामबाट उजुरी परेका १९ जना बेपत्ता परिवारका ४८ जना सदस्यलाई परिचय पत्र प्रदान गरेको आयुक्त भण्डारीले बताउनु भयो ।

पीडित परिवारले चाहेको सत्य, न्याय र परिपूरणको व्यवस्था नगरी आयोगले उधारो परिचयपत्र वितरण गरिरहेको द्वन्द्व  पीडित साझा चौतारीका केन्द्रीय सदस्य संयोजक चापागाईंले बताउनु भयो ।

‘परिचयपत्र पाए बापत पीडित परिवारले राज्यबाट के सुविधा पाउने त्यसको यकिन अहिले सम्म भएको छैन ।’ चापागाईंले भन्नुभयो ‘हामीले चाहेको सत्य, न्याय र परिपूरणको व्यवस्था सरकारले नगरेसम्म आयोगले दिएको परिचयपत्रको औचित्य छैन ।’

द्वन्द्व पीडितका नाममा सर्वोच्चले गरेको फैसला विपरित आयोगले परिचयपत्र वितरण गरेको चापागाईको भनाइ छ ।

इलाम पुवामझवाका वेपत्ता व्यक्ति अगमसिंह राईका दाजु डिल्ली राईले यो परिचय पत्र पाएपछि पीडित परिवारले के पाउँछन् भन्ने थाहा पाएको बताउनु भयो ।

‘आयोगले मलाई परिचयपत्र लिन बोलायो र म आए ।’ राईले भन्नुभयो ‘हामी पीडित परिवार अहिले पनि अन्योलमा छौं ।’

आयोगका आयुक्त भण्डारीले परिचयपत्र आयोगले दिने भएपनि परिपूरणको व्यवस्था राज्यबाटै हुने बताउनु भयो । ‘आयोगले सरकारलाई न्याय, परिपूरणका लागि सिफारिस गर्ने हो, आँफै दिने होइन ।’ भण्डारीले भन्नुभयो ‘त्यसका लागि आयोगले परिपूरणको सन्दर्भमा एउटा निर्देशिका बनाएर सरकारलाई पेश गरेको छ ।

अब सरकार पनि त्यो निर्देशिका प्रति सकारात्मक छ ।’ भण्डारीले यसअघि पाँचथरमा १० ओटा उजुरीका १६ जना र तालेजुङका १६ उजुरीका २८ जनालाई परिचयपत्र दिइएको बताउनु भएको छ ।

Photp 20210319 ilam

अन्य

भिडियो